लागुऔषध सेवन गरी सवारी चलाउने ७ जना चालक पक्राउ
लागुऔषध सेवन गरेर सवारी साधन चलाएको पाइएपछि ७ जना चालक पक्राउ परेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी बृत जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा शनिबार लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक रहेका छन् ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल
-
५० हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन