प्रधानमन्त्रीमा हलो अड्किँदैन, भोलि टुङ्गिन्छ : मन्त्री कार्की
कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीमा हलो नअड्कने दाबी गरेका छन् । शनिबार बालुवाटारमा शक्ति बाँडफाँटका लागि बसेको बैठकपछि मन्त्री कार्कीले आगामी दिनमा गठबन्धनकै सरकार बन्ने दाबी गरेका हुन् ।
उनले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र छलफल जारी रहेको र कुनै विवाद नरहेको पनि बताए । उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको बताए ।
‘भोलिसम्म तपाईंहरु धैर्य गर्नुस्, आलोपालो प्रधानमन्त्रीमा कसले पहिला नेतृत्व गर्ने भन्नेमा हलो अड्किँदैन’, कार्कीले भने, ‘’प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकाङ्क्षा अनुसार कसरी अघि बढाउने भन्ने महत्त्वपूर्ण कुरा हो । त्यसैले गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ’, मन्त्री कार्कीको भनाइ छ । उनले छलफल जारी रहेकाले भोलि निर्णयमा पुग्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्णय गरिने बताए । उनले बैठकमा मुलुकलाई अघि बढाउने विषयमा दलहरूले धारणा राखेको भन्दै बैठक सकारात्मक ढङ्गले अघि बढेको बताए ।
सत्तारुढ दलको बैठक निष्कर्षविहीन, आइतबार पुनः बस्ने |
गठबन्धनको बैठक आइतबार बिहान नौ बजे बस्ने तय भएको छ । आइतबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको एक साताको समय सकिँदैछ । त्यसका लागि गठबन्धनमा सहमति जुटाएर प्रधानमन्त्री, राष्ट्रपति लगायतका पदको भागवण्डा लगाएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्नुपर्नेछ । प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा र प्रचण्डको दाबी रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा