बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन जोगाउन रामचन्द्र पौडेलको दौडधुप, भेटे प्रचण्ड र माधव

शनिबार, ०९ पुस २०७९, १६ : १४
शनिबार, ०९ पुस २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय गुज्रन लाग्दा गठबन्धन दलबीचको एकता कायम राख्न पौडेलले सक्रियता बढाएका हुन् । 

शनिबार बिहान प्रचण्ड र नेपालसँग एक घण्टा छलफल भएको पौडेलनिकट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । सो भेटमा नयाँ सरकार गठनका लागि सहमति जुटाउने र यही गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बारेमा छलफल भएको बताइएको  छ ।  

भोलि साँझ ५ बजेसम्म सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने दबाबमा रहेका सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बस्ने तय भएको छ । यसअघि पटक पटक बसेको बैठकमा शक्ति बाँडफाँडमा दलहरूले आफ्नो अडान नछोडेका कारण सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रले सुरुको २ वर्ष आफूले प्रधानमन्त्री पाउनुपर्ने दाबी गरेको छ भने नेकपा एकीकृत समाजवादीले सरकारको कार्यकालको १ वर्ष प्रधानमन्त्री पाउनुपर्ने माग गरेको छ । राष्ट्रपतिका लागि कांग्रेस र एकीकृत समाजवादीले आफ्नो दाबी प्रस्तुत गरेका छन् भने अन्य पदहरू बाँडफाँडको विषयमा पनि गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप