एनसीसीएएको पाँचौँ वार्षिकोत्सव मनाइयो
एनसीसी एल्मुनाई एसोसिएसन नेपाल (एनसीसीएए) को पाँचौँ वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सेवा दलको प्रभातफेरी काठमाण्डौँको जगन्नाथदेवल-भोटाहिटी-रत्नपार्क-भद्रकाली-माईतिघर मण्डला हुँदै जङ्गी अड्डामा समापन भएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय सेवा दलका रथी तथा अधिकृतहरू, एनसीसीएएका पदाधिकारीहरू, एनसीसीका पूर्व तथा तालिमरत क्याडेटहरु र सैनिक ब्यान्डको सहभागिता रहेको थियो । उक्त कार्यक्रमपश्चात् राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्की (अवकाश प्राप्त) द्वारा जङ्गी अड्डास्थित सभामण्डप हलमा आयोजित एक कार्यक्रमकाबीच प्रभातफेरी कार्यक्रममा सहभागी टोलीलाई सम्बोधन गरेका थिए ।
पाँचौँ वार्षिकोत्सवको अवसरमा एनसीसीएएको विभिन्न जिल्लाहरूमा रहेका जिल्ला समितिहरूद्वारा नेपाली सेनाको स्थानीय युनिटहरूसँगको सहकार्यमा प्रभातफेरी कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा