संसदमा संघीयता विरोधी शक्ति गएका छन्, जसपा सचेत हुनुपर्छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा आफ्नो विचार र एजेण्डालाई सचेततापूर्वक राख्न आफ्ना पार्टीका सांसदलाई सुझाव दिएका छन् । अहिले संसदमा संघीयता विरोधी शक्ति पनि आएको बताउँदै उनले सचेततापूर्वक आफ्नो विचार र एजेन्डा राख्न सांसदहरुलाई सुझाव दिएका हुन् ।
आफ्नो पार्टीबाट निर्वाचित नयाँ सांसदलाई शुक्रबार स्वागत तथा सम्मान गर्दै अध्यक्ष यादवले अहिलेको संसद चुनौतीपूर्ण रहेको समेत बताए । उनले भने, ‘ अहिलेको संसदमा जुन खालका शक्तिहरू त्यहाँ छिरेका छन् उनीहरूबाट लोकतन्त्र र संघीयतालाई बचाउन पार्टीले भूमिका खेल्नुपर्छ ।’
पार्टीको तर्फबाट आफ्नो नीति र विचार सचेत ढंगले उठाउन सांसदहरुलाई सुझाव दिँदै उनले मधेशी, आदिवासी, जनजातिको मागलाई उठाउनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले संसद र संसदीय समितिहरुमा आफ्नो उपस्थिति बढाएर आफ्ना कुराहरू राख्न सांसदहरुलाई भनेका छन् ।
उनले भने, ‘आज जसरी पार्टीले तपाईहरुलाई सम्मान गरेको छ, भोलि गएर तपाईंहरुका क्रियाकलाप र प्रस्तुतिले पार्टी पनि सम्मानित होस् ।’ सरकारमा सहभागी हुने नहुने विषयमा कुनै पनि दलसँग औपचारिक रुपमा कुराकानी नभएको बताउँदै उनले अनिवार्यता र आवश्यकताको आधारमा सरकारमा पार्टीको सहभागिता हुने बताए ।
उनले भने– ‘गठबन्धनमै सरकारको विषयमा कुरा मिलेको छैन, को प्रधानमन्त्री बन्ने, को नबन्ने कुराको निश्चित भएको छैन भने अन्य दलसँगको कुरा अनिवार्य भएको छैन ।’ उनले अहिले कुन गठबन्धनको सरकार बन्छ अझै निश्चित भइनसकेको बताउँदै जसपा सरकारमा जानका लागि नहतारिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा