बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अमेरिकामा हिम आँधीको वितण्डा

शनिबार, ०९ पुस २०७९, १० : २८
शनिबार, ०९ पुस २०७९

शीतकालीन आँधीका कारण लाखौँ अमेरिकी प्रभावित भएका छन् । शुक्रबार १५ लाखभन्दा बढी मानिस विद्युतविहीन हुनुका साथै हजारौँ उडान रद्द भएका छन् । साउथ डकोटामा हिउँमा परेका केही अमेरिकीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगाहरू जलाएका विवरण सार्वजनिक भएका छन् । 

क्यानडामा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका थिए । ती क्षेत्रमा बिजुली कटौती हुँदा सयौँ हजार मानिस प्रभावित भएका थिए । वायुमण्डलीय चाप घट्दा उत्पन्न बम चक्रवातले अमेरिका–क्यानडा सीमाका ग्रेट लेकहरूमा हिमपात जस्तो अवस्था ल्याएको थियो । 

विशाल आँधी टेक्सस देखि मेन सम्म २ हजार माइल फैलिएको राष्ट्रिय मौसम सेवाले जनाएको छ । एल्क पार्क, मोन्टानामा तापमान  माइनस ४५ डिग्री सेल्सियमा झर्‍यो। पेन्सिलभेनिया र मिशिगनका क्षेत्रहरूमा भारी हिमपातको पूर्वानुमान गरिएको छ । बफेलो र न्युयोर्कमा कम्तीमा ३५ इन्च बाक्लो हिउ पर्ने अनुमान गरिएको छ ।

प्रशान्त उत्तरपश्चिममा केही बासिन्दाहरू सिएटल र पोर्टल्याण्डमा जमेको सडकहरूमा आइस–स्केटिंग गरेका देखिन्छन् । लुइसियाना, अलाबामा, फ्लोरिडा र जर्जिया जस्ता दक्षिणी राज्यहरू पनि प्रभावित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप