माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार
ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन् ।
सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन गर्न सकिने सन्देश दिएको छ । एमाले महासचिव शंकर पोखरेलले पनि शुक्रबार वामपन्थीहरू एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै माओवादीले गठबन्धन तोडे आफूहरू छलफल गर्न तयार रहेको बताए । एमाले र माओवादी मिलेर सरकार बनाउने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले वामपन्थी एकजुट हुनुपर्ने धारणा राखेपछि राजनीतिक वृत्त नै तरंगित बनेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म