जिल्ला खेलकुद विकास समिति बारामा तालाबन्दी

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बारा र मधेस प्रदेश तेक्वान्दो संघले जिल्ला खेलकुद विकास समिति बाराको कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले गरेको तेक्वान्दो संघ विघटनको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै जिल्ला र प्रदेश कमिटीले शुक्रबार जिल्ला खेलकुद विकास कार्यालयमा तालाबन्दी गरेर स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले अवैधानिक तवरले नेपाल तेक्वान्दो संघ विघटन गरेपछि खेलकर्मी आन्दोलित भएका हुन । परिषद्को गलत निर्णयका कारण खेल क्षेत्र विवादित बन्दै गएको तेक्वान्दो संघ बाराका अध्यक्ष चित्र बहादुर लामाले बताए ।
अध्यक्ष लामा , प्रदेश महासचिव राजकुमार लामा, केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, जिल्ला उपाध्यक्ष सञ्जय साह, कोषाध्यक्ष अनु बस्नेत लगायत खेलाडीहरूको नेतृत्वमा तालाबन्दी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम खिचिँदै नेपाली फिल्म, स्टारकै जगजगी
-
विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण