आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बर्दिया-२ का प्रतिनिधि सभा सदस्य चौधरी नागरिक उन्मुक्तिमा प्रवेश

शुक्रबार, ०८ पुस २०७९, २० : २४
शुक्रबार, ०८ पुस २०७९

बर्दिया निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई औपचारिक रूपमा प्रवेश गराएकी हुन् । पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी सोही पार्टीकै समर्थनमा चुनाव जितेका थिए । रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले उनलाई स्वतन्त्र उम्मेदवार बनाएको थियो । 

उनले माओवादीका सुरेश पन्थलाई पराजित गर्दै निर्वाचित भएका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप