बर्दिया-२ का प्रतिनिधि सभा सदस्य चौधरी नागरिक उन्मुक्तिमा प्रवेश
शुक्रबार, ०८ पुस २०७९, २० : २४
बर्दिया निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई औपचारिक रूपमा प्रवेश गराएकी हुन् । पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी सोही पार्टीकै समर्थनमा चुनाव जितेका थिए । रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले उनलाई स्वतन्त्र उम्मेदवार बनाएको थियो ।
उनले माओवादीका सुरेश पन्थलाई पराजित गर्दै निर्वाचित भएका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण