सुनिल गिरीको गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पवि’ र रोशनको अभिनय
शुक्रबार, ०८ पुस २०७९, २० : १२
चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पवि र रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् । संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन् । भिडियोमा अभिनय गरेकी मोडल मिस पवि अर्थात पवित्रा साकी डडेलधुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्।
गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई विवेक बिकले खिचेका हुन्। भिडियो गायक गिरीको अफिसियल च्याननलबाट बजारमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला