बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बारामा गोली लागेर भारतीय नागरिकको मृत्यु

शुक्रबार, ०८ पुस २०७९, १९ : २५
शुक्रबार, ०८ पुस २०७९

बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । २ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका व्यक्तिहरूले गोली चलाएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराको गढीमाई नगरपालिका २ बरियारपुर  भुतही पुल नजिकै सो घटना भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् । सो घटनामा  भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप