सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विकास बोर्ड र चलचित्र संघलाई वार्ता गर्न कलाकार संघको आग्रह

शुक्रबार, ०८ पुस २०७९, १९ : १९
शुक्रबार, ०८ पुस २०७९

चलचित्र कलाकार संघले चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघलाई वार्तामा बसेर समस्या समाधान गर्न आग्रह गरेको छ । अध्यक्ष रविन्द्र खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।

फिल्म प्रदर्शन र सेन्सरका विषयमा विकास बोर्ड र चलचित्र संघबीच विवाद हुँदै आएको छ । यस्तै आन्दोलनका कार्यक्रम घोषणा गर्ने चलचित्र संघको विज्ञप्तिप्रति कलाकार संघले ध्यानाकृष्ट भएको समेत उल्लेख छ । चलचित्र संघले विकास बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने उल्लेख गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप