‘मनि एक्सचेन्ज’का लागि अब प्रहरी रिपोर्ट अनिवार्य
शुक्रबार, ०८ पुस २०७९, १८ : ४८

मनि एक्सचेन्ज अर्थात् विदेशी मुद्रा विनिमय कारोबार गर्ने एजेन्टहरुले अब अनिवार्य प्रहरी रिपोर्ट बुझाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ तथा विदेशी विनियमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ लाई संशोधन गर्दै विभागले विनियम ४ को उपविनियम ३ मा इजाजत प्राप्त गर्न वा इजाजत पत्र नवीकरण गर्न प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि (क्रिमिनल रेकर्ड) नदेखिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ । यदि क्रिमिनल देखिएपनि उक्त व्यक्तिले सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नुपर्ने प्रावधान विनियमावलीमा व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा