पहिलो पटक सिंहदरबार छिरेका जनमत पार्टीका सांसद : संसद् भवन र सिंहदरबार आउँदा अनौठो लाग्यो
शुक्रवार दिउँसो राष्ट्रिय जनमत पार्टीबाट नवनिर्वाचित ३ जना सांसद संसद् सचिवालय परिसरमा भेटिए । बिहीबार संसद्का ज्येष्ठ सदस्यबाट शपथ लिएका सांसदहरू अनिता साह, विनीता सिंह र सोनु मुर्मु संसद् सचिवालयमा परिचयपत्र बनाउनका लागि पुगेका थिए ।
जनमत पार्टीका समानुपातिकतर्फका सांसद रहेका उनीहरू तिनैजना पहिलो पटक सिंहदरबार प्रवेश गरेका थिए । संसद् भवन, सिंहदरबारसम्मको यात्रा तय भएकोमा उनीहरू दङ्ग थिए । यहाँसम्मको यात्रा गराएकोमा पार्टी र जनतालाई धन्यवाद दिँदै अब संसद्मा जनताका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको आवाज उठाउने उनीहरूले बताए ।
राजनीतिमा आउनुअघि कृषि पेसामा आबद्ध रहेकी सांसद विनीता सिंहले यसअघि काठमाडौं टेकेकी थिइनन् । पहिलो पटक काठमाडौं आइपुग्दा, सिंहदरबार, संसद् भवनमा जान पाउँदा धेरै खुसी लागेको उनले बताइन् । उनले भनिन्–‘यहाँ आउन पाउँदा निकै खुसी लागेको छ । यो मौका दिनुभएकोमा जनतालाई धेरै धेरै धन्यवाद १ अब संसद्मा स्वास्थ्य, शिक्षा, रोजगारीको विषयहरूलाई उठाउने सोच बनाएको छु ।’
अर्की सांसद अनिता साह पनि पहिलो पटक सिंहदरबार प्रवेश गरेकी थिइन् । जनमत पार्टी स्थापना भएको बेलादेखि नै आबद्ध रहेकी उनले धनुषामा महिला मानव अधिकार रक्षक सञ्जाल ओरेक मार्फत समाजसेवा गर्दै आएको बताइन् । पहिलो पटक संसद् भवन प्रवेश गर्न पाउँदा खुसी लागेको बताउँदै उनले शपथ ग्रहणको दिन संसद्मा मधेसको भेषभुषा देखाउन पाएकोमा उत्साहित भएको बताइन् ।
उनले भनिन्–‘मधेसको भाषा, संस्कृति फरक थियो हामीले त्यहाँको संस्कृति देखायौँ, यहाँ ७७ जिल्लाबाट आउनुभएको सांसदले आफ्नो संस्कृति झल्काउनुभएको छ । सबैले आफ्नो पहिचान देखाउँदा खुसी लागेको छ । एक ठाउँको संस्कृति अर्को ठाउँकोले देख्न पाए, हाम्रो सांस्कृतिक भेषभुषा अरूलाई देखाउन पायौँ । सबै ठाउँको सांस्कृतिक पहिचान देख्न पाउँदा खुसी लाग्यो ।’
यस्तै अर्की सांसद सोनु मुर्मु सन्थाल समुदायबाट आफू पहिलो सांसद भएको बताइन् । पार्टीमा लाग्नुभन्दा पहिलेदेखि नै समाजसेवामा लागेको बताउने उनी यसअघि काठमाडौं आएपनि सिंहदरबार भने पहिलोपटक प्रवेश गरेकी हुन् । उनले पनि शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई संसद्मा उठाउने उल्लेख गरिन् ।
संसद्मा प्रवेश गर्न पाउँदा धेरै खुसी लागेको बताउँदै उनले सन्थाल भाषामा शपथ लिएको बताइन् । उनले भनिन्–‘संसद्मा सन्थालको प्रवेश पनि भयो पहिचान पनि भयो । हाम्रो आफ्नो पहिरनको पनि परिचय गराउन पाएँ । सन्थाल जातिबाट पहिलो सांसद हुन पाउँदा निकै खुसी लागेको छ ।’
प्रत्यक्ष निर्वाचनमा एक सिट र समानुपातिक प्रणालीबाट ५ सिट गरी जनमत पार्टीले ६ सिट जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण