बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता
शुक्रबार, ०८ पुस २०७९, १८ : २१

नयाँ सरकार गठनका साथै सत्ता गठबन्धनबीच महत्वपूर्ण पदहरुमा भागबण्डाबारे छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेका छन् । शुक्रबार साँझ प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।
प्रचण्डले सरकारको पहिलो कार्यकालको प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् भने कांग्रेसले पनि दाबी नछाड्दा सहमति हुन नसकेको छैन । सहमति जुटाउनका लागि शीर्ष तहमा निरन्तर पहल चलिरहेको खण्डमा आज पनि छलफल भइरहेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले दुई नेताबीच छलफल भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त