मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच सत्ता समीकरणबारे छलफल

शुक्रबार, ०८ पुस २०७९, १८ : ०८
शुक्रबार, ०८ पुस २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बालुवाटारमा शुक्रबार भएको भेटका क्रममा उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको थियो ।

राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी रहँदा उनीहरूबीच भेटवार्ता भएको हो । संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।-न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप