डण्डी निर्यातमा प्रतिस्पर्धी बन्दैछौँ, विद्युत महसुल घटाइनु पर्छ : राठी
अर्ध तयारी उद्योगको विकल्पमा स्थापना भएको सुनसरी दुहबीको स्वस्तिक रोलिङ मिलले आफ्नो उत्पादन सुरु गरेको छ । कच्चा पदार्थमा आधारित उक्त उद्योगबाट बजरंग ब्राण्डको उत्पादन बजारमा पठाउन थालेको हो । उक्त मिलले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टिएमटी छड, बिलेट, एङ्गल, चयानल र आई बिमको उत्पादन सुरु गरेको हो ।
बिलेट, एङ्गल, च्यानल र आइ बिम उत्पादन गर्दै आएको रोलिङ मिलका निर्देशक रमेश राठीले अब यी उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताए । उद्योगी राठीका अनुसार धेरै प्रकारका एङ्गल र च्यानल नेपालमै उत्पादन हुन थालेको र नेपालमा उत्पादन नभइसकेका केही मात्र अहिले भारतबाट आयात भइरहेका छन् ।
विशेष गरेर बिजुलीको टावर, पुल, टेलिफोनका टावर, हाइड्रोपावर कम्पनीमा प्रयोग हुने अधिकांश एङ्गगल, च्यानल र आई बिमहरु नेपालमै उत्पादन हुन थालेकोले फलाम उद्योग बजार बिस्तार भएको राठीले बताए । सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित फलाम उद्योग खोल्न प्रोत्साहन गरेपछि स्थापना भएको स्वस्तिक रोलिङले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरिरहेको जनाएको छ ।
‘हामीले स्वदेशी कच्चा पदार्थको रुपमा नेपालमै पाइने ७० प्रतिशत कवाडी (स्क्रयाब) प्रयोग गरेर फलामे डण्डी लगायतका सामान उत्पादन गरिरहेका छौं, उत्पादनलाई गुणस्तरीय बनाउन ३० प्रतिशत स्पन्ज आयात गरी प्रयोग गरिएको छ,’ उनले भने ।
उद्योगले अहिले क्षमताको ६० प्रतिशत उत्पादन गरिरहेको जानकारी दिँदै पुस मसान्तसम्म शतप्रतिशत उत्पादन गर्ने योजना अनुसार काम गरिरहेको जनाएको छ । ‘हामी पुस मसान्तसम्म उद्योगलाई पूर्ण क्षमतामा चलाउने तयारीमा छौं, अहिले ३०० जना कामदार उद्योगमा काम गरिरहेका छन् र हामी तुरुन्तै कामदारको संख्या ६०० पुर्याउँदैछौँ,’ उनले भने, ‘उद्योगले डिमाण्ड अनुसार उत्पादन दिन सकेको छैन ।’
कच्चा पदार्थमा आधारित उद्योगहरु सञ्चालनमा आएसँगै फलामे डण्डीको मूल्य पनि घटेको राठीले जानकारी दिए । केही समय अघिसम्म मूल्य अभिवृद्धि करबाहेक प्रतिकिलो १०५ रुपैयाँबाट घटेर अहिले मु.अ.कर बाहेक ८८ रुपैयाँमा कारोबार भइरहेको उनले बताए ।
स्वदेशी कच्चा पदार्थमा आधारित फलामे उद्योग स्थापना गर्ने क्रम बढेसँगै कच्चा पदार्थ उत्पादनमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उद्योगी राठीले बताए । ‘सरकारले अनुमति दिएका फलाम खानीहरु छिटो सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ र यहाँका उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थको प्रबन्ध मिलाउन ध्यान दिनुपर्छ,’ राठीले भने ।
अहिले औद्योगिक क्षेत्रमा प्रतिकूल वातावरण भएपनि छिट्टै असहज अवस्थाको अन्त्य हुने विश्वास रहेको उद्योगी राजकुमार गोल्छाले बताए । ‘सँधैं यस्तो खराब समय रहँदैन, हामी सहज अवस्था बन्ने विश्वासमा लगानी गरिरहेका छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै