बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

दोहोरो भूमिकामा रहेका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।
पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हालेका थिए । एमाले विभाजनपछि सत्ता गठबन्धनमा रहेर नेकपा एकीकृत समाजवादीको तर्फबाट उनले सत्ता नेतृत्वको अवसर पाएका थिए । उनको राजीनामासँगै काम चलाउ सरकारको जिम्मेवारी समेत उनैलाई दिइएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।
यस अघि बागमती प्रदेशमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता डोरमणि पौडेल मुख्यमन्त्री भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेता पक्राउपछि राप्रपाले भन्यो - सरकारको रबैया अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकुश चरित्र
-
१२ दिनकाे अस्पताल बसाईपछि छविलाल जोशी पुन: थुनामा
-
मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
-
प्रहरीले पक्राउ गर्यो राजेन्द्र र ज्ञानेन्द्रलाई
-
शिक्षक महासंघ र शिक्षा समिति सभापतिबिच छलफल
-
अमेरिकाको बोस्टनमा गुन्जिदै ‘नेपथ्य’