नेपाली वाङ्मय साधना सम्मान समालोचक गिरी र पौडेललाई
शुक्रबार, ०८ पुस २०७९, १५ : ०३
नेपाल वाङ्मय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङ्मय साधना सम्मान २०७८ का लागि कवि तथा समालोचक डा अमर गिरी एवं २०७९ का लागि समालोचक प्राडा हेमनाथ पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
परिषदका अध्यक्ष डा पुष्करराज भट्टका अनुसार यो सम्मानमा १० हजार नगद एवं सम्मानपत्र रहेको छ ।
यो सम्मान २०७७ का लागि कवि एवं कथाकार मातृका पोखरेललाई प्रदान गर्ने पहिल्यै निर्णय भइसकेको छ । कोरोनाका कारणले सो वर्षको पुरस्कार पनि दिइएको थिएन । यस सम्मानबाट हालसम्म मोहन दुवाल २०७२, प्राडा जीवेन्द्रदेव गिरी २०७३, हरिहर खनाल २०७४, राम विनय २०७५ एवं श्रेष्ठ प्रिया पत्थर २०७६ सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई