मधेसी आयोगले साध्यो संसद् सचिवालयलाई स्पष्टीकरण
शुक्रबार, ०८ पुस २०७९, १४ : ४१
मधेसी आयोगले मधेसी भाषा विवादको विषयमा संघीय संसद्को सचिवालयलाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसहित केही सांसदलाई कुन आधारमा मधेसी भाषामा शपथ लिन मान्यता दिएको भनी आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।
सिके राउतसहित केही प्रतिनिधि सभाका सदस्यहरूले भाषा आयोग तथा मधेसी आयोगद्वारा सूचीकृत नरहेको ’मधेसी भाषा’ मा शपथ लिएको भन्दै आयोगमा उजुरीहरू प्राप्त भएपछि आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले आयोगलाई स्पष्ट रूपमा जानकारी गराउन पत्र पठाएकी छिन् ।
हालसम्म भाषा आयोगबाट प्रकाशित गरिएको ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफासिरसहरु २०७८’ र मधेसी आयोगमा ‘मधेसी भाषा’ सूचीकृत नभएको देखिएकाले सो भाषामा प्रतिनिधि सभाका सदस्यहरूले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीर विषय रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण