आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

मानव बेचबिखन आरोपमा दुई चिनियाँ नागरिक पूर्पक्षका लागि थुनामा

शुक्रबार, ०८ पुस २०७९, १४ : २१
शुक्रबार, ०८ पुस २०७९

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा काठमाडौंबाट पक्राउ गरिएका दुईजना चिनियाँलाई अदालतले थुनामा पठाएको छ । मानव बेचबिखन ब्यूरोले ठमेलमा बस्दै आएका चिनियाँ नागरिक ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई पक्राउ गरेको थियो ।

आरोपीहरुले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा मासिक १५ सय डलरमा काममा लगाउने आश्वासन दिएर भदौ १७ मा काठमाडौंबाट लाओस लगेका थिए ।  भारत र थाइल्याण्ड हुँदै लाओस लगेर बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम गराएर उनीहरूले पीडितहरूसँग ३ लाख ९० हजार रकम लिएको आरोप छ ।

लाओसमा आफूहरुलाई मानसिक यातना दिएको पीडितहरुको आरोप छ । आफन्तको सहयोगमा कात्तिक २५ मा नेपाल आएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए । उजुरीको आधारमा प्रहरीले ठमेल र त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर उनीहरुलाई मुद्दा चलाएको थियो । काठमाडौं जिल्ला अदालतको आदेशले उनीहरुलाई पूर्पक्षका लागि कारगार कार्यालय जगन्नाथदेवल चलान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप