चार्ल्स शोभराज थुनामुक्त
शुक्रबार, ०८ पुस २०७९, १३ : ३९

‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज थुनामुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ । फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरिएको केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले रातोपाटीलाई बताए । सर्वोच्च अदालतको आदेशअनुसार उनलाई डिपोर्ट गर्ने सरकारको तयारी छ ।
शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका हुन् ।
पुस ६ मा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई कैद घटाएर रिहा गर्न आदेश गरेका थिए । शोभराजलाई बुधबार सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा