बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नाइजेरियामा १ सय ३ जना बोकोहराम अतिवादी मारिए

शुक्रबार, ०८ पुस २०७९, १२ : ५९
शुक्रबार, ०८ पुस २०७९

नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् ।  यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीका अनुसार गएका तीन हप्ता यता यहाँ भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका हुन् ।

नाइजेरियामा केही वर्षदेखि हत्या तथा आतङ्क जारी नै राखेका बोको हरामका लडाकाहरुले पछिल्लो समयमा यहाँका सैनिक तथा प्रहरी पोष्ट एवं सुरक्षा अधिकारीमाथि नै हमला गर्ने गरेका छन् ।
यस क्रममा यहाँको सेनाले नाइजेरियाको उत्तरी क्षेत्रमा बोको हरामका विरुद्धमा सशक्त कारबाही अघि बढाएको छ । ती क्षेत्रमा व्यक्तिगत सम्पत्ति नष्ट गर्नुका साथै सरकारी निकायका कार्यालयहरूमा पनि उनीहरूले आगजनी गर्ने गरेका समाचारका आधारमा सेनाले सो कारबाही अघि बढाएको हो ।

नाइजेरियाको राष्ट्रिय सेनाका प्रवक्ता मुसा दनमद्नीले सो कुराको जानकारी दिएका हुन् । उनले नाइजेरियाको उत्तरी क्षेत्रमा यहाँका बोको हराम र इस्लामिक स्टेटका विरुद्धमा यहाँको सेनाले कारबाही थालेको छ ।
बोको हराम आतङ्ककारी समूहका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ भने उनीहरूको हत्या र आतङकका कारण दसौँ हजार नागरिक विस्थापित पनि भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप