विश्वकप फुटबलको समाप्तिसँगै कतारमा हय्या कार्डको सुविधा हट्यो
शुक्रबार, ०८ पुस २०७९, ११ : २९
विश्वकप फुटबलको समाप्तिसँगै कतार सरकारले हय्या कार्डको सुविधा हटाएको छ । विश्वकपको समयमा हय्या कार्ड जारी गरेको कतारले त्यो सकिएसँगै सुविधा हटाएको हो ।
यो सुविधा हटेसँगै आजदेखि हय्या कार्डबाट पाइने निःशुल्क सार्वजनिक सवारीको यात्रा हटेको छ । आजदेखि मेट्रो र ट्राम चढ्न ट्राभल कार्ड आवश्यक पर्नेछ । कतारले हय्या कार्ड मार्फत विदेशी कामदार भित्र्याएको थियो । जसमा केही संख्यामा नेपाली पनि उक्त कार्ड मार्फत कतार गएका थिए ।
नेपाल सरकारल समेत हय्या कार्डमार्फत नेपालीलाई कतार जान दिने निर्णय गरेको थियो । तर, अन्तिममा गरिएको निर्णयले १ हजार ५०० भन्दा बढी नेपाली हय्या कार्ड मार्फत विश्वकपका लागि कतार जान पाएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा भारत विजयी
-
पुसमा म्याद सकिने ग्वार्को फ्लाई ओभरको ‘ड्रोनभ्यू’
-
प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन
-
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै, कसको चुनाव चिह्न के ?
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद