बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

छलफल सरकात्मक रुपमा अघि बढेको छ : प्रचण्ड

शुक्रबार, ०८ पुस २०७९, ११ : २९
शुक्रबार, ०८ पुस २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । पार्टीका सांसदहरुको खुमलटारमा भएको भेटघाटमा प्रचण्डले प्याकेजमा सहमति गरेर जाने विषयमा वातावरण बन्दै गएको बताएका हुन् । 

‘राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय धेरै छैन । आज बेलुकासम्म सहमति गरी सक्नुपर्ने छ’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘शीर्ष तहमा छलफल सकारात्मक रुपमा अघि बढेको छ । प्याकेजमा सहमति गर्ने प्रयास हुन्छ ।’ प्रधानमन्त्री दिन कांग्रेस लचिलो हुँदै गएको प्रचण्डको भनाई छ । 

नेपाली कांग्रेसले राष्ट्रपति लिने निश्चित जस्तै भइसकेको छ । अब प्रधानमन्त्री समेत पहिलो चरणमा नछाड्ने अडान लिएको छ । तर, माओवादी सांसदहरुले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिनेगरी समझदारी नगर्न प्रचण्डलाई दबाब दिएका छन् । अरु सत्ता बाहिरै बसेर पार्टी बनाउन लाग्न सांसदहरुले सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप