वर्ल्डलिङ्कलाई नोकियाको 'होम कनेक्टिभिटी सर्भस इनोभेसन' अवार्ड
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ ।
सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिङ्कले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिङ्कलाई विजेताको रूपमा चयन गरिएको हो ।
'हिमाल, बरफ तथा हिउँ, खोला एवम् वन्यजन्तु जस्ता प्रतिकूल परिस्थितिमा समेत ग्राहकलाई जोडेको नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकोले सर्भिस इनोभेसनः इन-होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिङ्कलाई प्रदान गरिएको छ ', नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनेकी छिन् ।
हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या सात लाख भन्दा बढी तथा प्रयोगकर्ताको सङ्ख्या ३० लाख भन्दा धेरै छ । देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजार भन्दा बढी स्थानमा फ्री वाईफाई सेवा समेत उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री रेखा शर्माको प्रश्न : कसैको बारेमा प्रश्न उठाइरहने, बोल्न नदिने भन्ने हुन्छ ?
-
एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक
-
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज
-
प्रतिनिधि सभामा धकेलाधकेल
-
प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित
-
नाराबाजीका बिच सभामुखले वाचन गरे राष्ट्रपति कार्यालयको पत्र