बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनको ‘निजी सेना’लाई उत्तर कोरियाले हतियार दिएको अमेरिकाको आरोप

शुक्रबार, ०८ पुस २०७९, ०८ : ५८
शुक्रबार, ०८ पुस २०७९

उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग गर्नका लागि रुसको वाग्नर समूहलाई मिसाइल र रकेट आपूर्ति गरेको अमेरिकाले आरोप लगाएको छ ।​ वाग्नर रूसी सरकारद्वारा समर्थित लडाकुहरूको समूह हो जसले रूसी हितका लागि काम गर्दछ ।

येवगेनी प्रिगोजिनले यस निजी सेनालाई कम्पनीको रूपमा रकम दिन्छ । प्रिगोजिन पुटिनको नजिक छन् । यसलाई पुटिनको निजी सेना पनि भनिन्छ ।​ ह्वाइट हाउसले हतियारको यो खेप पठाएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन भएको जनाएको छ । वागनरमाथि अब थप प्रतिबन्ध लगाइनेछ ।

यद्यपि, उत्तर कोरिया र वाग्नरले यी रिपोर्टहरूलाई अस्वीकार गरेका छन् । बेलायतले युक्रेनमा प्रयोग भइरहेको वाग्नरको सेना एक हजारबाट बढेर २० हजार पुगेको बताएको छ ।

यो समूह हालै सिरिया र अफ्रिकी देशहरूमा पनि सक्रिय थियो । यसमाथि पटक–पटक युद्ध अपराध र मानवअधिकार उल्लङ्घनको आरोप लगाइएको थियो ।

‘वाग्नरले युक्रेनमा सैन्य अभियानलाई समर्थन गर्न हतियार खरिद गर्न संसारभरका विकल्पहरू खोजिरहेका छन्,’ ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले मिडियालाई भने ।

‘ उत्तर कोरियाले वाग्नरलाई हतियारको प्रारम्भिक खेप पठाएको र यसका लागि भुक्तानी गरेको छ भनेर पुष्टि गर्छौँ ।’

जोन किर्बीका अनुसार वाग्नरले युक्रेनमा महिनामा १०० मिलियन डलर खर्च गरिरहेको छ । उनले यो समूहले अहिले रुसी सेनासँग शक्तिका हिसाबले प्रतिस्पर्धा गरिरहेको बताए ।

बेलायती विदेशमन्त्री जेम्स क्लिभरलीले अमेरिकाको भनाइसँग बेलायत सहमत भएको बताएका छन् ।

उनले भने, ‘उत्तर कोरियाबाट भ्लादिमिर पुटिनले सहयोग लिने भनेको रुसको निराशा र एक्लोपन पुष्टि गर्छ । ’

तर, वाग्नरका मालिकले यी कुराहरूलाई गफ र अनुमान मात्रै भनेका छन् । यसैबीच, उत्तर कोरियाको विदेश मन्त्रालयले यी रिपोर्टहरूलाई आधारहीन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप