बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

तलब भत्ता गोरखा - १ का जनताका लागि खर्च गर्ने सांसद बजगाईंको घोषणा

शुक्रबार, ०८ पुस २०७९, ०८ : ४३
शुक्रबार, ०८ पुस २०७९

नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईंले आफूले पाउने पारिश्रमिक गोरखा - १ का विपद पीडितहरूका लागि खर्च गर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार शपथ ग्रहणको क्रममा सांसद बजगाईंले आफ्नो तलब भत्ता दुर्गम भेगमा विपतमा परेकाहरूको सेवामा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ को विपदमा परेका पीडितहरूका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले भने । उनको निर्वाचन क्षेत्रमा अहिलेसम्म सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिका तथा धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्ती विकट छन्। 

त्यहाँका गम्भीर बिरामी तथा घाइते र सुत्केरी हुन नसकेकाहरूको हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यतामा छन्। सो कार्यका लागि बजगाईंले लामो समयदेखि सेवा गर्दै आएका थिए। 

‘आज मैले सांसदको सपथ लिइरहँदा गोरखा १ को भूगोल सम्झिएँ। त्यहाँका जनताका दुख सम्झिएँ’, उनी भन्छन्, ‘त्यसैले सांसदका लागि आउने पारिश्रमिक मैले गोरखा १ मा विपदमा परेकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छु ।’

उनले मतदाता धन्यवाद अभियानअन्तर्गत हालै गोरखा १ मा पर्ने ५६ वडाका घाइते, बिरामी तथा सुत्केरी उद्धारका लागि एक–एक वटा स्टेचरसमेत हस्तान्तरण गरेका थिए। सांसद बजगाईंले आफू गोरखा १ का गरिब र भौगोलिक रूपमा विकट क्षेत्रका बासिन्दाको सहयोगका लागि जनप्रतिनिधि बन्न सफल भएको कहिल्यै नबिर्सिने पनि बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप