शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्र राय यादवले आज शपथ लिने

शुक्रबार, ०८ पुस २०७९, ०७ : २५
शुक्रबार, ०८ पुस २०७९

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको छ । 

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले  बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन् । 

सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीवार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप