शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बागलुङमा आगलागी हुँदा घर गोठ जलेर नष्ट

बिहीबार, ०७ पुस २०७९, २० : ३४
बिहीबार, ०७ पुस २०७९

बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । 

आगलागीमा मानवीय क्षति भने भएको छैन । आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई तोला सुन, चौपाया, खाद्यान्न जलेर नष्ट भएको ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए । उनका अनुसार लागलागीबाट २५ लाख बराबरको क्षति भएको छ । 

राति खाना खाएर चुलोमा पानी बसालेर छिमेकीको घरमा गएको बेला अचानक आगलागी भएको घर्तीको भनाइ छ । आगो घर गोठ सबै जलेर नष्ट भएपछि आफैँ नियन्त्रणमा आएको उनले बताए । अग्निपीडित अहिले आफन्तकोमा आश्रय लिएको घर्तीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप