आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यही सरकारको निरन्तरताको राष्ट्रिय परिदृश्य देख्दैछु : मुख्यमन्त्री राई

बिहीबार, ०७ पुस २०७९, १८ : ४०
बिहीबार, ०७ पुस २०७९

प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै खास अवस्थाबाहेक वर्तमान गठबन्धन सरकारकै निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गरेका छन्  । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक भएको उल्लेख गरे । 

‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भने ।  मुख्यमन्त्री राईले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउँदै आफूले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताए ।  उनले  सरकार फेरिने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै एउटा सरकारले गरेको कामको दायित्व र जिम्मेवारी अर्को सरकारका लागि बोझ नहोस् भन्नेतर्फ कर्मचारी नै सजग हुनुपर्ने धारणा व्यक्त गरे । 

 मुख्यमन्त्री राईले आफू सरकारको नेतृत्वमा आउनुपूर्व पूर्ववर्ती सरकारले बहुवर्षीय योजनासहितका टुक्रे योजनामा गरेको खर्चले निकै ठूलो तनाव सहनुपरेको उल्लेख गरे । 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा प्रदेश सरकारअन्तर्गतका विभिन्न १७ वतटा मन्त्रालय तथा निकायको प्रगति विवरण प्रस्तुत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप