आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार नगर्ने भन्दै भगवत गीता छोएर सांसद शर्माले लिए शपथ

बिहीबार, ०७ पुस २०७९, १८ : ३१
बिहीबार, ०७ पुस २०७९

मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा शपथ ग्रहणका क्रममा भगवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरुको शपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।

चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भगवत गीता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले सपथ ग्रहण गराएका हुन् । भगवत गीतामा कृष्णले अर्जुनलाई सत्यको पक्षमा लाग्न र असत्य, अन्याय, अत्याचारको विरुद्धमा लड्न शिक्षा दिएको हुनाले सोही मार्ग पछ्याउँदै आफूले पनि भगवत गीतालाई साक्षी राखेर कसम खाएको सांसद शर्माको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप