आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बैंकको ब्याजदर वृद्धि नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्छौं : गृहमन्त्री खाण

बिहीबार, ०७ पुस २०७९, १८ : ०८
बिहीबार, ०७ पुस २०७९

गृहमन्त्री बालकृष्ण खाणले अब बन्ने सरकारले बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्ने बताएका छन् । ब्याजदरको चरम वृद्धिले उद्योगी व्यवसायीहरू संकटमा परेको बताउँदै उनले नीतिगत हस्तक्षेपको आवश्यकता औंल्याए ।

गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरूलाई गम्भीर बन्न आग्रह पनि गरे । बैंकको ब्याजदर वृद्धिले उद्योगी र व्यवसायीहरू मारमा परेको भन्दै उनले उद्योगी र व्यवसायीहरूले ऋण र ब्याज तिर्न नसक्ने अवस्था आयो भने त्यसको गम्भीर असर बैंक तथा वित्तीय संस्थाहरूलाई नै पर्ने तर्क गरे ।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी एवं कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै खाणले समस्या समाधानका लागि साझा अवधारणाका साथ अघि बढ्नु पर्नेमा जोड दिए । उद्योगी व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न साझा पहलको आवश्यकता रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप