एकनाथ ढकालबारे एमालेभित्र चर्को आलोचना
परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेबाट समानुपातिक सांसद चुनिएपछि एमालेका नेता कार्यकर्ताले चरम असन्तुष्टि जनाउँदै आलोचना गर्न थालेका छन् ।
एमालेमा लामो समयदेखि योगदान दिएका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर अर्को पार्टीको अध्यक्षलाई सांसद बनाइएको भन्दै उनीहरूले यो कस्तो अभ्यास भनेर नेतृत्वलाई प्रश्न गरेका छन् । सो पार्टीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत लगातार पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न गरे पनि नेतृत्वले कुनै जवाफ दिएको छैन ।
‘एउटा पार्टीको अध्यक्षले अर्को पार्टीबाट समानुपातिक लिस्टमा बसेर आज सांसदको सपथ खानुभयो । राजनीतिक रुपमा यो कस्तो खाले अभ्यास हो ?’, एमाले केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले प्रश्न गर्दै भनेकी छन्, ‘जवाफ कसले दिनु पर्ने हो ? निर्वाचन आयोगले वा अर्को दलको अध्यक्षलाई सांसद बनाउने दलले ?’
यसअघि स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डेले पनि अर्को पार्टीको अध्यक्ष एमालेको समानुपातिक सूचीको टप लेबलमा कसरी पुग्यो भन्दै यसको जवाफ खोजिने बताएकी थिइन् । उनले यति कुराको जवाफ नेतृत्वसँग नखोजे पार्टीका नाम मात्रै बोकेर हिँड्दा हुने पनि बताएकी छन् । ‘अर्को पार्टीको अध्यक्ष मेरो पार्टीको समानुपातिक सूचीको टप लेबलमा कसरी पर्यो ? यसको जवाफ त पार्टीभित्र खोज्नुपर्ला नि त ’, पाण्डेको भनाइ छ ।
उनले ढकाल बारेमा पार्टीभित्र मात्रै नभएर पार्टी बाहिर समेत प्रश्नका रुपमा उठेको बताइन् । ‘जनताका बीचमा अनुमोदित भएर जनताको हितमा काम गर्नुपर्छ भन्ने पार्टीले जनताले उठाएका प्रश्नको जवाफ जनताकै लेबलमा दिनु पनि पर्छ’, पाण्डेले भनेकी छन्, ‘उहाँ अहिलेसम्म हाम्रो पार्टीमा प्रवेश गरेको समेत थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण