ओलीको शपथमा फेरि ‘त्यो पर्दैन’ शैली !
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अन्य सांसदहरुजस्तै शपथका लागि सहभागी भए । संसद भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सबै सदस्यहरूलाई शपथ गराउने कार्यक्रममा ओली भने फरक रुपमा प्रस्तुत भए ।
हरेक प्रतिनिधिसभा सदस्य शपथका लागि शपथको ब्यहोराको प्रतिसहित उपस्थित हुँदा ओलीले भने त्यसो गरेनन् । उनले शपथ पत्र बिनै शपथ लिए । उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा ओलीले शपथ लिँदा शपथ पत्र बोकेको देखिँदैन । जबकी उनीसँगै देखिएका सबै सांसदहरुले हातमा शपथ पत्र बोकेर जबराले उच्चारण गरे अनुसार वाचन गरिरहेका छन् ।
उसो त ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको शपथ गराउँदा उनले एउटा शब्द उच्चारण गर्न मानेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उक्त शब्द उच्चारण गर्न लगाउँदा पनि उनले ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काएको विषय अझै पनि बेलाबेलामा चर्चाको विषय हुन्छ ।
यही क्रममा आज पनि ओली शपथ पत्र बिनै उपस्थित भएका विषयलाई ‘त्यो पर्दैन शैली’को निरन्तरता भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण