नागरिकता र पासपोर्टका विषयमा अधिकार प्राप्त निकायले अनुसन्धान गर्दैछ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टका विषयमा अधिकार प्राप्त निकायले छानबिन गरी रहेको बताएका छन् । संसद भवनमा पत्रकारसँग बोल्दै लामिछानेले अधिकार प्राप्त निकायले उपस्थित हुन भनेको ठाउँमा जहिलै उपस्थित हुने बताए ।
‘मेरो नागरिकता र पासपोर्टको विषय निर्वाचन आयोगले उठायो । मैले निर्वाचन आयोगलाई जवाफ दिए । निर्वाचन आयोगले आफ्नो धारणा राख्यो सकियो’ लामिछानेले भने, ‘मेरो बारेको मुद्दा अदालतमा पुग्यो सपथ गर्न कुनै रोकतोक गर्नु भन्ने आदेश आयो ।’ आफ्नो बारेमा अनुसन्धान गर्ने निकाय प्रक्रियामा रहेको बताउँदै उनले यो विषयमा खास्सै बोल्नुनपर्ने बताए । ‘अधिकार प्राप्त निकायले अनुसन्धान गरेको हुनाले त्यो निकायले सोधेको खण्डमा जहिले पनि उपस्थित हुन्छु । अधिकार प्राप्त निकायले निष्पक्ष छानबिन गर्नेछ भन्नेमा विश्वस्त छु’ लामिछानेले भने ।
आफ्नो नेतृत्वमा सरकार बनाउन सकिन्छ कि भनेर सामान्य छलफल गरेको लामिछानेले बताए । सरकार बनाउने काम संसदको ठूलो दलको भएकाले आफूहरू त्यसमा कुनै केही नभएको उनले बताए । देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्नेमा सचेत भएकाले त्यस्तो अवस्थामा सोच्न सकिने लामिछानेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण