आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनमा सम्मानजक पावर सेरिङ गर्छौ : प्रचण्ड

बिहीबार, ०७ पुस २०७९, १७ : ३१
बिहीबार, ०७ पुस २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनमा पावर सेरिङ सम्मानजक रुपमा गरिने बताएका छन् । संसदीय दलको बैठकमा दलको नेता चयन भएपछि बोल्दै प्रचण्डले गठबन्धनबाटै सरकारको नेतृत्व गर्ने गरी समझदारी बनाइने बताए । 

सत्ता गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्ने गरी पावर सेरिङ गरिने प्रचण्डले बताएको एक सांसदले बताए । ‘हामी चुनावमा गठबन्धन बनाएर गयौं । कुनै दल सानो भयो होला कुनै दल ठुलो भयो होला । जनताले दिएको मतलाई सबैले सम्मान गर्नुपर्छ’ प्रचण्डको भनाई उदृत गर्दै ती सांसदले भने, ‘गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्नेगरी पावर सेरिङ गर्छौं । त्यस्तो हामीहरूमा कुनै समस्या हुँदैन ।’

अब गठबन्धनका शीर्ष नेताहरू बसेर प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत पदहरुमा समझदारी बनाएर गइने प्रचण्डले बताए । अहिले नै कसले कसरी लिने भन्नेगरी पावरसेरिङका विषयमा समझदारी नभएकाले शीर्ष नेताहरू बसेर टुंगो लगाइने भएको हो । अब गठबन्धन छोडेर अन्य विकल्प खोज्दा बाहिर राम्रो सन्देश नजाने प्रचण्डको भनाई छ । 

प्रधानमन्त्रीका विषयमा गठबन्धन भन्दा बाहिरबाट अनेक खालका प्रस्ताव आएको प्रचण्डले खुलाए । ‘सरकारका विषयमा गठबन्धन भन्दा बाहिरबाट अनेक खालका सुझाव र प्रस्ताव नआएका होइनन् आइराखेका छन्’ प्रचण्डको भनाई उदृत गर्दै अर्का एक सांसदले भने, ‘अहिले यसरी गठबन्धन छोड्दा हामीमाथि प्रश्न उठाइन्छ । त्यसैले जे जस्तो हुन्छ यहीँ गठबन्धनमा सम्माजनक पोजिसनमा हैसियत बनाएर अघि बढ्नुपर्छ ।’ अहिलेको गठबन्धनमा अरु दललाई समेत जोडेर आर्थिक विकास र सुशासन कायम गर्नुपर्ने प्रचण्डले बताए । 

निर्वाचित सांसदहरुलाई संसदमा जिम्मेवार भई प्रस्तुत हुन प्रचण्डले निर्देशन दिएका छन् । संसदको मर्यादा, संविधान, कानुन, नैतिक आचारणलाई ख्याल गरेर परिपक्क भई संसदमा उपस्थित जनाउन उनले आग्रह गरे । अहिलेको संसदमा विविध विचार दृष्टिकोण भएका दल र सांसदको उपस्थित भएकाले चनाखो भएर विचार गर्न सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप