स्ववियु चुनावको ठोस र मूर्त कार्यतालिका सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको ठोस र मूर्त कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले उपकुलपति प्राडा.धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाउँदै स्ववियु चुनावको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्न माग गरेको हो । सबैभन्दा पुरानो प्रतिष्ठित विश्वविद्यालयलाई समयानुकूल थप गुणस्तरीय, व्यवस्थित र मर्यादित बनाउँदै लानुपर्ने आजको आवश्यकता रहेको अखिल क्रान्तिकारीको भनाई छ ।
अध्यक्ष प्रदिपराज कपाडी (भट्ट)ले स्ववियु चुनाव जसरी भएपनि फागुनभित्रै गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको बताए । त्रिविले फागुन २८ गते स्ववियु चुनावको प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते गर्नुपर्ने नियमअनुसार चुनाव गर्न असम्भव भएको भन्दै त्रिविले २८ गतेका लागि प्रस्ताव गरेको हो । अखिल क्रान्तिकारीले फागुनभित्रै स्ववियु चुनाव गर्नुपर्ने माग अघि सारेको हो ।
अखिल क्रान्तिकारीले स्ववियु चुनावसँगै अन्य विभिन्न माग समेत अघि सारेको छ । अखिल क्रान्तिकारीले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्न समेत माग गरेको छ । त्यस्तै सेमेष्टर प्रणालीलाई प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जन, शुल्कमा एकरूपता, वैज्ञानिक परीक्षा प्रणाली, समयमा नतिजा प्रकाशनको सुनिश्चत हुने गरी शैक्षिक क्यालेन्डर लागू गर्न माग गरेको छ ।
त्यस्तै प्रत्येक वर्ष शुल्क वृद्धि हुने प्रणाली खारेज गर्न समेत अखिल क्रान्तिकारीले माग गरेको छ । त्रिवि सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट आउने दक्ष र योग्य जनशक्तिलाई मात्र नियुक्ति दिने प्रक्रिया सुनिश्चित गर्न र विश्वविद्यालयका सबै क्याम्पसहरूमा पढ्ने विद्यार्थीहरूका लागि हप्ताको कम्तीमा २० घण्टा रोजगारीको ग्यारेन्टी गर्न समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)