‘गोर्खा वारियर’ मा गोर्खा सैनिकका बहादुरीको कथा
मिलन चाम्स निर्देशित फिल्म हो ‘गोर्खा वारियर’ । सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीका कथा फिल्मले विषयबस्तु बनाएको छ ।
बिहिबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३ सेकेन्डको टिजरले हलिउडको झल्को दिन्छ । फिल्मको भिएफएक्स, ब्याकग्राउन्ड स्कोर निकै राम्रो छ । नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन हुन लागेको फिल्म २०२३ मा बेलायतमा १० हजार दर्शकको उपस्थितिमा प्रिमियर गर्ने कार्यक्रम रहेको निर्देशक चाम्सले जानकारी दिए । विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउन आफूले फिल्म बनाएको उनले बताउँदै आएका छन् ।
रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङ लगायतको अभिनय रहको फिल्ममा कलाकार विजय लामा सैनिक मेजरको भूमिकामा छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता सुस्मिता वाइवा र सुमन राई हुन् । प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्माता सुरेश राई हुन् । फिल्म नेपाल र मलेशियामा छायांकन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा