माधव नेपाल भन्छन्–राष्ट्रपति पद २०६४ र २०७२ मै अस्वीकार गरेको हुँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले २०६४ साल र २०७२ सालमै आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा अस्वीकार गरेको बताए ।
नेता नेपालले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको पनि बताए । ‘राष्ट्रपति बन्ने आकाङ्क्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’
आगामी दिनमा राजनीतिले मागेको आवश्यकतालाई मध्यनजर गरेर पद लिने भन्दै शक्ति बाँडफाँटबारे गठबन्धनमा छलफल नै सुरु भैनसकेको नेता नेपालको भनाइ छ । ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ’, नेता नेपालले गठबन्धन कायम रहने पनि बताए । उनले भने, ‘यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ ।’ अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य