शोभराजलाई जेलमुक्त गर्न भक्तपुर जिल्ला अदालतले पठायो पत्र
‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई रिहा गर्न भक्तपुर जिल्ला अदालतले कारागारलाई पत्र पठाएको छ । केन्द्रीय कारागार सुन्धारामा शोभराजलाई रिहा गर्न पत्राचार गरिएको भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार ऋतबहादुर पुलामी मगरले रातोपाटीलाई जानकारी दिए ।
१९ वर्षदेखि नेपालको कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।
नेपाल घुम्न आएका क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको मुद्दा भक्तपुर जिल्ला अदालतमा चलेको थियो । क्यारियरेको शव भक्तपुरको साँगामा फेला परेको हुनाले भक्तपुर जिल्ला अदालतमा सो मुद्दा चलेको थियो ।
काठमाडौं जिल्ला अदालतमा शोभराजविरुद्ध अमेरिकन नागरिक कोन्नी जो ब्रेन्जीचको हत्या गरेको मुद्दा र जाली नोटबारे मुद्दा चलेको थियो । ‘पुरानो कैदी पुर्जीमा जिल्ला अदालत काठमाडौंबाट जाली नोट र हत्या मुद्दा चलेको देखिएको छ’ भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार ऋतबहादुर पुलामी मगर भन्छन्, ‘त्यसबारे सर्वोच्चको आदेशमा केही भनिएको छैन, हामीले काठमाडौंलाई पनि जानकारी गराएका छौँ ।’
शोभराज फ्रान्सेली नागरिक हुन् । काठमाडौं जिल्ला अदालतबाट पत्र आएपछि शोभराजलाई रिहा गरिने केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले रातोपाटीलाई बताए । उनले भने–‘भक्तपुरबाट पत्र आएको छ, काठमाडौंबाट पत्र आउन बाँकी छ ।’
अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जीचको शव जडिबुटीनजिकै मनहरामा फेला परेको हुनाले सो मुद्दा काठमाडौं जिल्ला अदालमा चलेको बताइएको छ । सो मुद्दाबारे सर्वोच्चले बुधबार गरेको संक्षिप्त आदेशमा बोलिएको छैन । भक्तपुरको पत्रबाट शोभराज जेलमुक्त नभएपछि वरिष्ठ अधिवक्ता गोपाल शिवकोटी ‘चिन्तन’ले उनलाई रिहा गराउन सक्रियता देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण