४ अर्ब ५४ करोड चुक्ता पुँजीसहित सूर्यज्योति लाइफको एकीकृत कारोबार सुरु
जीवन बीमातर्फको पहिलो मर्जर, सूर्य र ज्योति लाइफ इन्स्योरेन्सले बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । ६ महिना अघि नै मर्जर सम्झौता भएर एकीकृत कारोबारको तयारीमा रहेका यी दुई कम्पनीले बिहीबारदेखि औपचारिक रुपमै एकीकृत कारोबार सुरु गरेका हुन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको संयुक्त कम्पनीको चुक्तापुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यसअघि सूर्या लाइफको २ अर्ब ५५ करोड र ज्योति लाइफको २ अर्ब ४२ करोड रुपैयाँ चुक्तापुँजी रहेको थियो । सूर्य लाइफ र ज्योति लाइफ १ः०.८२४५ स्वाप रेसियोमा मर्जरमा गएका हुन् ।
योसँगै सूर्यज्योति लाइफको बीमा कोष २२ अर्ब रुपैयाँ पुगेको भने मर्जरपछिको कम्पनीको जगेडा कोषमा २ अर्ब भन्दा बढी सञ्चिति पुगेको छ । यसअघि सूर्य लाइफ र ज्योति लाइफको बीमा कोष क्रमशः १४ अर्ब ९२ करोड र ७ अर्ब रुपैयाँ रहेको थियो भने जगेडाकोषमा ७१ करोड र एक अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।
गत चैतमा तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण)ले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ तोक्दै २०७९ चैत मसान्तसम्म पुरा गर्नुपर्ने निर्देशन जारी गरेको थियो । योसँगै उपयुक्त पार्टनरको खोजिमा सूर्यले ज्योतिलाई र ज्योतिले सूर्य लाइफलाई रोजेका हुन् । मर्जरको प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको करिब ६ महिनापछि अन्ततः यी दुई कम्पनीले एकीकृत कारोबार सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु