हाम्रो चाहना कांग्रेस एमाले मिलेर सरकार बनाउन् भन्ने हो : लिङ्देन
बिहीबार, ०७ पुस २०७९, १४ : ३०
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको चाहना कांग्रेस एमाले जस्ता ठुला दलहरू मिलेर सरकार बनाउनुपर्ने बताए । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले यदि कांग्रेस एमाले सरकार बनाउन नसकेमा गठबन्धनकै सरकार बन्नुपर्ने बताए ।
राप्रपा सरकारमा जानेगरी आफूलाई अघि नसारेको लिङ्देनले बताए । ‘ठुला राजनीतिक दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ । नभए अहिलेको गठबन्धनले सरकार बनाओस्’ लिङ्देनले भने, ‘हामी प्रतिपक्षमा बस्छौ भन्ने छ । सरकार बन्न नसकेमा वा आवश्यकता भएमा छलफल गरेर अघि बढ्सक्छौं ।’
यदि राप्रपा सरकारमा जाने अवस्था आएमा हिजोको जस्तै अवस्थामा काम गर्नेगरी नजाने लिङ्देनले बताए । सेवा प्रवाहका दृष्टिकोण फरकढंगडले काम गर्नेगरी सरकारमा जाने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण