हाम्रो चाहना कांग्रेस एमाले मिलेर सरकार बनाउन् भन्ने हो : लिङ्देन
बिहीबार, ०७ पुस २०७९, १४ : ३०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको चाहना कांग्रेस एमाले जस्ता ठुला दलहरू मिलेर सरकार बनाउनुपर्ने बताए । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले यदि कांग्रेस एमाले सरकार बनाउन नसकेमा गठबन्धनकै सरकार बन्नुपर्ने बताए ।
राप्रपा सरकारमा जानेगरी आफूलाई अघि नसारेको लिङ्देनले बताए । ‘ठुला राजनीतिक दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ । नभए अहिलेको गठबन्धनले सरकार बनाओस्’ लिङ्देनले भने, ‘हामी प्रतिपक्षमा बस्छौ भन्ने छ । सरकार बन्न नसकेमा वा आवश्यकता भएमा छलफल गरेर अघि बढ्सक्छौं ।’
यदि राप्रपा सरकारमा जाने अवस्था आएमा हिजोको जस्तै अवस्थामा काम गर्नेगरी नजाने लिङ्देनले बताए । सेवा प्रवाहका दृष्टिकोण फरकढंगडले काम गर्नेगरी सरकारमा जाने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल