सरकार गठबन्धनकै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ : प्रचण्ड
बिहीबार, ०७ पुस २०७९, १५ : ११
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकार हालको सत्ता गठबन्धनले बनाउने बताएका छन् । बिहीबार संसदको सपथ ग्रहणपछि संसद भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका हुन् ।
‘सबै प्रकृया सहज ढंगले अघि बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, सफलतापूवर्क र सहजै सम्पन्न भयो’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘आज शपथ ग्रहण पनि राम्रोसँग र बडो उत्साहका साथ सम्पन्न भयो ।’
उनले अबको सरकार पनि गठबन्धनले सहजै बनाउनै भन्दै निर्वाचन सम्पन्न भएजसरी नै सरकार बन्ने बताए । ‘यही गठबन्धनको सरकार बन्छ’, अबको पहिलो प्रधानमन्त्री देउवा कि तपाईं भन्ने प्रश्नमा प्रचण्डले भने, ‘पहिलो प्रधानमन्त्रीबारे हामी सल्लाह गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण