इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने
बिहीबार, ०७ पुस २०७९, १४ : ०२
नेपाल इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैंकको आर्थिक वर्ष २०७८–०७९ को ३६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
आर्थिक वर्ष २०७८–७९ मा बैंकले ६ अर्ब २८ करोड रुपैयाँ संचालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष बैंकको निक्षेप १७९ अर्ब ४० करोड रहेकोमा आर्थिक वर्ष २०७८–७९ मा १८६ अर्ब ७६ करोड पुगेको छ । यसैगरी कर्जा लगानीतर्फ अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८ –७९ मा १६४ अर्ब ८२ करोड रुपैया रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले साधारणसभाबाट मेगा बैंकसँग मर्जरमा जाने निर्णय पनि पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु