बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने

बिहीबार, ०७ पुस २०७९, १४ : ०२
बिहीबार, ०७ पुस २०७९

नेपाल इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैंकको आर्थिक वर्ष २०७८–०७९ को ३६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । 

आर्थिक वर्ष २०७८–७९ मा बैंकले ६ अर्ब २८ करोड रुपैयाँ संचालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै,  बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्ष बैंकको निक्षेप १७९ अर्ब ४० करोड रहेकोमा  आर्थिक वर्ष २०७८–७९ मा १८६ अर्ब ७६ करोड पुगेको छ । ​यसैगरी कर्जा लगानीतर्फ अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८ –७९ मा १६४ अर्ब ८२ करोड रुपैया रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले साधारणसभाबाट मेगा बैंकसँग मर्जरमा जाने निर्णय पनि पारित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप