कर्णालीमा कांग्रेसको निर्णय : वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार
बिहीबार, ०७ पुस २०७९, १३ : ३७
नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कर्णालीका पहिलो चरणका कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गरिने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिए ।
उनले भने, ‘१४ सिटसहित कांग्रेस पहिलो पार्टी बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हो ।’ साथै उनले प्रदेश सभा संसदीय दलको निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसका लागि तीन सदस्यीय समिति गठन समेत गरिसकेको छ।
समितिको संयोजकमा कृष्णबहादुर रोकाय र सदस्यमा खगिसरा आचार्य र दमन बहादुर शाही रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि