बढ्दो ब्याजदरविरुद्ध उद्योगीको धर्ना

बैंकहरुले चर्को ब्याजदर लादेको भन्दै औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायीले राष्ट्र बैंक विराटनगर अगाडि धर्ना दिएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलनको कार्यक्रमबाट पछि नहट्ने घोषणा पनि उद्योगी व्यवसायीले गरेका छन् ।
उद्योगी व्यापारीहरुका विभिन्न संघ संगठनहरुले आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जनभन्दा बढी बस्तुगत संघसंस्थाको एैक्यबद्धतामा धर्ना गरिएको हो ।
उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए ।
उनीहरूले पाँच सुत्रीय माग अघि सारेका छन् । चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरुको पहिलो माग छ । चालू पुँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको उद्योगीको भनाइ छ । एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको भनाइ छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरुको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालयौन दुरुपयोगको कसुरमा एक जना शिक्षक पक्राउ
-
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी अपचलन गर्नेलाई कारबाहीको माग
-
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै
-
सरकारकाे असल काम देखेर केही समूह आत्तिए - मन्त्री अधिकारी
-
१५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान
-
कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- नागरिक सचेत भइसके, अब्बल भएर जिम्मेवारी पूरा गर्नू