मेस्सीको तस्बिर अङ्कित नोट छाप्ने अर्जेन्टिनाको तयारी
बिहीबार, ०७ पुस २०७९, १२ : ३७

विश्व विजेता कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ । एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने तयारी गरेको हो ।
सन् १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्दा अर्जेन्टिनाको केन्द्रीय बैंकले त्यस जीतलाई दर्साउने सिक्का जारी गरेको थियो । पत्रिकाका अनुसार मेस्सीले नम्बर १० को जर्सी लगाउने हुँदा १ हजार पेसोमा उनको तस्बिर राख्ने बारेमा छलफल गरिएको छ ।
कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनाले फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराएको थियो । फाइनलमा मेस्सीले दुई गोल गरेका थिए भने पेनाल्टी सुटआउट पनि गोल गरेका थिए । हाल मेस्सीले अर्जेन्टिनामा जीतको खुसीयाली मनाइरहेका छन् ।
द सनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पका बेलामा जस्तै आगामी दिनमा पनि राष्ट्रिय एकता होस् : प्रधानमन्त्री (पूर्णपाठ)
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा