शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

२० अर्ब तरलता सुविधा प्रदान गर्दै राष्ट्र बैंक

बिहीबार, ०७ पुस २०७९, १२ : २६
बिहीबार, ०७ पुस २०७९

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई २० अर्ब रुपैयाँ तरलता सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो । 

पुस ७ गते जारी हुने रिपो आगामी पुस २१ गते परिपक्क हुनेछ । इच्छुक वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरूले बिहीबार दिउँसो २ बजेसम्म रिपोका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम् १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप